प्रदेश

कपिलवस्तु साझेदारी बनमा एमाले-राप्रपासंग सत्ता गठबन्धन पराजित



कपिलवस्तु, १६ फागुन ।कपिलवस्तु १६ फागुन । कपिलवस्तु साझेदारी वन ब्यस्थापन समितिको अध्यक्ष पदमा नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य गंगेश तिवारीले सत्ता गठबन्धनका उम्मेदवारलाई ४१ का बिरुद्ध १०२ अर्थात ६१ मतको मतान्तरले पराजित गरेर बिजयी हुनुभएको छ । कपिलवस्तु साझेदारी वन ब्यवस्थापन समितिको पहिलो अधिबेशनबाट एमाले राप्रपा गठबन्धनवाट अध्यक्षमा गंगेश नाथ तिवारी विजयी हुनु भएको हो ।
सत्ता गठबन्धनका राम कुमार यादवले .४१ मत ल्याएर अध्यक्षमा पराजित हुनु भयो । हसमत अलि धुनिया ले २ मत पाउनु भएको छ । उपाध्यक्ष पदका उम्मेदवार मिना कुर्मीले ७९ मत ल्याएर विजयी हुनु भयो । उहा तिवारी प्यानलकै हो । उपाध्यक्षमा ज्ञानमति कुर्मीले ४७ मत ल्याएर पराजित हुनु भयो । तिवारी सस्थापक अध्यक्ष पनि हो । १५४ मतदाता रहेको निर्वाचनमा १५१ मत खसेको छ ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६