प्रदेश

सहिद कृष्ण सेन “इच्छुक” लगायतले देखाएको सपना पूरा हुदैछनः राज्यमन्त्री श्रीपाली



अर्घाखाँची, १७ फागुन । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले सहिद कृष्ण सेन “इच्छुक” लगायतले देखाएको सपना पूरा हुने दिशामा रहेको बताईन ।

जिल्लाको सितगगा नगरपालिका वडा नं. ८ मा बुधबार सहिद कृष्णसेन ईच्छुकको पार्क शिलान्यास गर्दै मन्त्री श्रीपालीले यस्तो बताएकी हुन् । मन्त्री श्रीपालीले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलिरहने स्मरण गर्दै सहिद कृष्ण सेन ईच्छुक पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागी तत्कालीन सरकार पक्षको चरम यातनाबाट मुत्युबरण गर्नुपरेको बताईन् ।

मन्त्री श्रीपालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन मार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने विश्वास व्यक्त गर्दै सहिदको बलिदानीका कारण देशमा परिवर्तन भएको बताईन ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढा मगरले सहिदको सपना पुरा गर्न निरन्तर रूपमा लाग्ने बताउदै सहिदले देखाएको बाटोमा निरन्तर हिडि विकास र समृद्धिको यात्रामा सहकार्य गर्न बताईन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक किशोर, केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारी, प्रदेश सचिवालय सदस्य तथा जिल्ला सयोजक राजेन्द्र भुसाल, प्रदेश सचिवालय सदस्य ठाकुर सौराग आदर्श लगायतका विभिन्न पार्टीका नेता कार्यकर्ता समाजसेवी सरोकारवाला सुरक्षााकर्मी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

अर्घाखाँची जिल्लाका विभिन्न ५ स्थानमा पर्यटन बिभागले सहिद स्मृति पार्क लगायतका बिभिन्न सरचना निमार्ण गर्न ३ करोड ८८ लाख बिनियोजन गरेको ईन्जिनियर बिरेन्द चौधरीले बताए । जसको जिम्मा हिमालन्जय कन्टक्शन प्रा.लि. ले लिएको छ ।

वडा न ८ का अध्यक्ष रूकेश आलेको अध्यक्षता जस बहादुर रोकाको सञ्चालन, वडा सदस्य बेल बहादुर रानाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६