प्रदेश

जंगली जनावरको नियन्त्रण गर्न भोटे कुकुर बितरण गर्दै वडा कार्यालय



अर्घाखाँची, १७ फागुन । पाणिनि गाउँपालिकाको वडा नम्बर २ ले जंगली जनावरको नियन्त्रण गर्न भोटे कुकुर बितरण गर्ने भएको छ ।

वडा नं. २ को आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरबाट किसानको खेती जोगाउनको लागि शुद्ध नश्लका भोटे कुकुर खरिद गरी बितरण गर्ने वडा कार्यालयले जनाएको छ ।

“अहिले ग्रामीण भेगमा बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरले किसानहरूलाई सताइरहेका छन् ।” वडा अध्यक्ष चन्द्रकान्त पौडेलले भने “जंगली जनावरको आतङ्कलाई कम गर्न केही हद सम्म भए पनि सहयोग होस भन्ने उद्देश्यले कुकुर बितरण गर्ने योजना ल्याएका हौं ।”

वडाले एक सूचना जारी गर्दै २५ प्रतिशत लागत साझेदारीमा भोटे कुकुर किसानलाई उपलब्ध गराउने जानकारी गराएको छ । कुकुर पाल्न इच्छुक किसानहरूले १५ दिन भित्र यस वडा कार्यालयमा निवेदन पेश गर्नको वडाले अनुरोध गरेको छ ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६