प्रदेश

बुद्धभूमिबाट ज्रेब्रा क्रसिङ निर्माणको थालनी



कपिलवस्तु, १८ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बुद्धभूमि नगरपालिकाबाट जेब्रा क्रसिङ निर्माणको कामको थालनी गरेको छ । नगरपालिकासँग सहकार्य गर्दै राजमार्ग क्षेत्रमा पर्ने बस्तीमा जेब्रा क्रसिङ निर्माण गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनु भयो ।

पालिकाको बुड्ढी र गोरुसिङ्गेका ३ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । एक लाख रुपियाँको लागतमा बाटो ओहोर दोहोर गर्ने मुख्य स्थान र विद्यालय नजिकको स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । कार्यालयले अरु पालिकासँग मिलेर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गमा जेब्रा क्रसिङ निर्माण गर्ने योजनामा रहेको जनाएको छ ।

राजमार्ग क्षेत्रमा पहिल्यै निर्माण गरेका जेब्रा क्रसिङ मेटिदा बाटो काट्न गारो भएको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेका मुकुन्द पौडेलले बताउनुभयो । हाट बजार क्षेत्र, विद्यालय क्षेत्र, मुख्य चोकहरुमा जेब्रा क्रसिङ निर्माण गर्दा पैदल यात्रुलाई सहज हुने प्रहरी सहायक निरीक्षक हुमनाथ पौडेलले बताउनु भयो । कपिलवस्तु जिल्लाको पूर्व पश्चिम राजमार्गमा करिब २० स्थानमा जेब्रा क्रसिङ निर्माण गर्नुपर्ने देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६