खेलकुद

नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा नहुने



काठमाण्डौ, १८ फागुन । फिफा विश्वकप २०२६ एसियाली छनोटअन्तर्गत नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा नहुने भएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अनुपयुक्त देखिएपछि नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

विश्वकप छनोटका खेल ‘होम’ र ‘अवे’ का आधारमा हुने नियममा छ । त्यहीअनुसार पहिलो लेग चैत ८ गते नेपालमा र दोस्रो लेग चैत १३ गते बहराइनमा हुनुपर्ने थियो । तर मैदानको अवस्थाका कारण नेपालले घरेलु मैदानमा खेल्न नपाउने भएको हो ।

अब नेपाल र बहराइनले खेल्ने पहिलो लेगको ठाउँबारे छिट्टै जानकारी दिने एन्फाले जनाएको छ । केही हप्ताअघि एसियाली फुटबल महासङ्घ (एएफसी) को प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरेका थिए ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६