प्रदेश

माइती नेपाल भैरहवाः १ वर्षमा १ सय ६७ जनाको सीमाबाट उद्धार



भैरहवा, १८ फागुन । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवा शाखाले एक वर्षमा बेचबिखनको जोखिममा परेको भन्दै १ सय ६७ जना महिला तथा किशोरीलाई विभिन्न सीमानाकाबाट उद्धार गरेको छ ।

उक्त शाखाकी प्रमुख माया क्षेत्रीले सन् २०२३ मा बेचबिखनमा परेका भारतको विभिन्न स्थानबाट ४ जना, तेश्रो मुलुक कुवेतबाट १ जनाको उद्धार गरी रुपन्देही जिल्ला अदालतमा मानव बेचबिखनको एउटा मुद्दा दर्ता गरिएको बताइन् ।

‘पछिल्लो समयमा वैदेशिक रोजगारीको नाममा भारत हुदै बिदेश जाने गरेका महिला तथा किशोरी बेचबिखनको जोखिममा बढी पर्ने गरेका छन्,’ उनले भनिन्, ‘वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रबाशनको प्रक्रिया पूरा नगरेर नेपालबाट जान प्रतिबन्ध लगाइएका मुलुकमा भारत हुँदै जान नेपालको खुल्ला सिमाना नै मुख्य चुनौती बनेको छ ।’

उनका अनुसार, बेचबिखनमा परेकामध्ये ९० प्रतिशत वैदेशिक रोजगारीका नाममा जाने परेका छन् । जसमध्ये, अधिकांश किशोरी अर्केस्ट्रा (नाच्न) का लागि भारतको विभिन्न सहरमा जाने र २५ वर्षमाथिका युवती वैदेशिक रोजगारीका लागि भन्दै खुल्ला सिमानाबाट भारततर्फ जाने गरेका छन् ।

माइती नेपाल भैरहवा शाखाले, सन् २०२३ मा रुपन्देहीको बेलहिय लगायतका सीमानाका हुँदै वैदेशिक रोजगारी र अर्केस्ट्रामा जान लागेका ७ हजार २ सय ५८ जना किशोरी, महिला तथा युवतीलाई मानव बेचबिखन र वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासनका बारेमा परामर्श दिएको थियो ।

वैदेशिक रोजगारीका लागि पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका १ हजार २ सय ५८ जनालाई जिल्ला प्रशासन कार्यालयस्थित माइती नेपालको इकाईबाट परामर्श दिइएको छ । माइती नेपाल भैरहवा शाखामा २०२३ मा खोजतलासका लागि २९ वटा र घरेलु हिंसासम्बन्धी १६ वटा निवेदन परेका थिए । जसमध्ये, १९ जना फेला परेको क्षेत्रीले बताइन् । (कान्तिपुर

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६