प्रदेश

शनिबार दिउँसो २ बजे बस्नेगरी लुम्बिनी प्रदेश सभाको बैठक सकियो




कपिलवस्तु, १८ फागुन ।

६ महिनापछि बसेको लुम्बिनी प्रदेशसभाको तेस्रो अघिवेशनको पहिलो बैठक ६ मिनेट पनि नबस्दै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको तेस्रो अधिवेशनको पहिलो बैठक शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले विवादरहित बनाउन छोटो गराइएको सरकार निकट सांसदहरुले बताएका छन् ।

विभिन्न दलका सांसदहरुले प्रदेश सभामा सरकारले गर्न लागेको शिखर सम्मेलनका विषयमा मुख्यमन्त्रीसँग जवाफ माग्ने तयारीका साथ आफ्नो दलबाट निर्णय गराएका थिए ।

प्रदेशसभाको बैठक भदौ २६ देखि बस्न सकेको थिएन । प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरु कामविहीन बनेका छन् ।

प्रदेश सभामा रहेका संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि प्रदेश सभाको बैठक पाँच मिनेट १७ सेकेन्ड मात्रै बसेको हो ।
शुक्रबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलको तर्फबाट बोल्ने कार्यक्रम पछि राख्ने सहमति भएसँगै पहिलो बैठकको समय छोटो भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जनाएका छन् ।
दोस्रो बैठक भोली शनिबार दिउँसो २ बजे बस्नेगरी पहिलो बैठक सम्पन्न भएको जानकारी सभामुख तुलाराम घर्तीमगरले दिए ।

दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने भएकाले त्यही अनुसारको तयारी गरिएको छ । पहिलो बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेश प्रमुखले अधिवेशन आह्वान सम्वन्धि पठाएको पत्र, मन्त्री परिषदमा कार्यविभाजन हेरफेर सम्वन्धि पत्र पढेर सुनाएका थिए ।

त्यसैगरी दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकहरुको बारेमा प्राप्त भएको पत्रहरुबारे सभामा सभामुख घर्तीले जानकारी गराएका छन ।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणिकरण भएको सभा समक्ष जानकारी गराइएको छ । सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयकलगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ ।

यसअघिका दुई वटा अधिवेशनमा ३५ वटा बैठक सम्पन्न भएका थिए । ५७ घण्टा ३३ मिनेट छलफल हुँदा जम्मा चार वटा विधेयक पारित भएका थिए ।

कानून अभावमा प्रदेशका विभिन्न क्षेत्रमा समस्या परिरहेको भएपनि प्रदेश सभाले विजनेश नपाएको विषयमा प्रश्न उठिरहे पनि मन्त्रालयगत विद्येयकका विषयमा तयारी नभएकाले समस्या परिरहेको छ ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६