प्रदेश

कपिलवस्तुबाट भन्सार छली भित्राईएका दुई लाख बराबरका अवैध कपडा बरामद



कपिलवस्तु २० फागुन । कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ ।

जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले कृष्णनगर नगरपालिका ८ बाट एक लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । पिकअप जिपमा लुकाएर ल्याउँदै गरेको सुट, टिसर्ट, सुरुवाल, कुर्ता रहेको प्रहरीले जनाएको छ ।

यशोधरा गाउँपालिका ७ मर्यादापुरबाट ५० थान साडी बरामद भएको जनाएको छ । उक्त साडीको अन्दाजी मूल्य ७० हजार रहेको छ । बरामद भएका कपडाहरू कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको छ ।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६