प्रदेश

लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षा सशस्त्रलाई दिन माग



लुम्बिनी, २० फागुन । लुम्बिनि विकास कोषका पदाधिकारी सहितको टोलीले आईतबार विहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटघाट तथा छलफल गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लमा (खेन्पो छिमे) ले बुद्वजन्मस्थल लुम्बिनीको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि गुरूयोजना क्षेत्र बाहिरको सुरक्षा शसस्त्र प्रहरी मार्फत हेर्ने व्यवस्था गर्न माग गरे । उपाध्यक्ष डा. लामाले यसअघि कोषको बैठकले शसस्त्र प्रहरीको स्थायी बेस क्याम्पका लागि निर्णय गरि गृहमन्त्रालयमा फाईल पठाएको बताउदै पहलका लागि ध्यानआकर्षण गराए । उक्त अवसरमा कोषको ध्यानआकर्षणपछि पप्रधान तथा गृहमन्त्री श्रेष्ठले शसस्त्रको स्थायी बेस क्याम्पका लागि पहल गर्ने प्रतिबद्वता जनाए । लुम्बिनि गुरूयोजनाको ११ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएको छ ।

कोषको कामका सन्दर्भमा थप सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताए । छलफलमा उपाध्यक्ष डा लामाले ्गुरूयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनि क्षेत्रको विकासका सन्दर्भमा संघिय सरकारबाट सहयोगको अपेक्षा राखेको बताएका थिए । भेटघाट तथम छलफलमा कोषाध्यक्ष सिद्विचरण भट्टराईले आन्तरीक आम्दानीबाट खर्च गरिदै आएको बताउदै बजेटमा प्राथमिकतम दिन आग्रह गरे ।


छलफलमा कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनि विकास क्षेत्र संवेदनशिल भएकाले यहाँको सुरक्षाफसंयन्त्रलाई बलियो बनाउनुपर्ने बताए । उनले लुम्बिनि बाहिरको सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने तर, अस्थायी भएकाले यसलाई स्थायी बेशकयाम्प बनाउन अनुरोध गरे। छलफलमा कोषका योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य श्याम रोक्का, विश्वराज पौडेल, बरिष्ठ ईञ्जिनियर सरोज भट्टराई, लेखा अधिकृत भिम बस्नेत लगायतको उपस्थिति थियो ।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६