प्रदेश

तिलौराकोट उत्खनन् गर्दा छ्योरतेन भेटियो



तौलिहवा, २० फागुन । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको छ । यस वर्ष पनि पूर्वी विहार क्षेत्र र दरबार क्षेत्रभित्र रहेको केन्द्रीय संरचना परिसर थप अनुसन्धानका लागि उत्खनन गरिएको हो ।

हिनयान र महायानमा पूजाआजा गर्न स्तूप निर्माण गरेसरह हिमाली बौद्धमार्गीले पूजाआजाका लागि छ्योरतेन निर्माण गर्ने गर्छन् । बौद्ध धर्ममा सामान्य बोलीचालीको भाषामा यिनलाई माने भन्ने गरिए पनि तिब्बती भाषामा छ्योरतेन भन्ने गरिन्छ ।

नेपालको हिमाली क्षेत्रमा बौद्धमार्गीले छ्योरतेन यत्रतत्र निर्माण गर्ने गरेका छन् । पूर्वी विहार क्षेत्रको उत्खननबाट माटाका भाँडाका टुक्राहरू, कोइला, हाड, टायल, तामाका सिक्का भेटिएका छन् ।

लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको जानकारी दिए । उनले गत वर्षको उत्खननमा प्राप्त स्तूप, त्यसमाथि पोस्टहोल, टायल र गजुर भेटिएको हुनाले नेपालको उत्तरी भागमा यस्ता छ्योरतेन देख्न सकिने बताए ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले उत्खननबाट भेटिएको संरचना कहिले बन्यो भने यकिन गर्नका लागि रेडियो कार्बन नाप गरेर मिति निर्धारण गरिने र त्यसको लागि माटोको नमुना प्रयोगशालामा पठाइएको बताए ।

युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो । नेपाल सरकारको तर्फबाट तिलौराकोटलाई सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिएको छ ।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६