प्रदेश

दिवा खाजाको रकम थप गर्न बालबालिकाहरुको माग



गुल्मी, २१ फागुन। गुल्मीको रेसुङ्गा नगरपालिकामा बालबालिकाहरुले दिवा खाजाको रकम थप गर्न माग गरेका छन् । रेसुङ्गा नगरपालिकाले बालमैत्री स्थानीय शासनका लागि तम्घासमा आयोजना गरेको तीन दिवसीय प्रशिक्षणमा सहभागी बालबालिकाले विद्यालयमा प्रदान गरिने दिवा खाजाको रकम थप गरी बढाउनुपर्ने माग राखेका हुन् ।

सरकारले अहिले दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपियाँ उपलब्ध गराउँदै आएको छ । अहिलेको समयअनुसार यो रकममा थप गरी २५ पुर्‍याउनुपर्ने नगरस्तरीय बाल सञ्जाल रेसुङ्गा नगरपालिकाका अध्यक्ष सुजन पाण्डेले माग राख्नुभयो ।

पाण्डेले सदरमुकाम तम्घासमा सवारी साधनहरुको तीव्र गतिका कारण बालबालिकालाई विद्यालय आवतजावतमा सडकमा जोखिम सिर्जना भएको भन्दै भुस्याहा कुकुर आतङ्कबाट बढी बालबालिका टोकाइ र जोखिममा परेकोले यसको नियन्त्रणका लागि माग गर्नुभयो ।

त्यसअवसरमा उपप्रमुख अमृतादेवी कुँवर र सामाजिक विकास समिति संयोजक लीलाधर आचार्यले बालबालिकाहरुले उठाएको माग अत्यन्तै जायज र सान्दर्भिक भएकाले सम्बन्धित निकायसँग समयमा समस्या समाधानका लागि पहल गरिने बताउनुभयो । सहभागीहरु बालबालिकालाई आफ्नो गाउँ–समाजमा कोही पनि बालबाबालिका परिवारको आर्थिक, सामाजिकलगायतका कारण अध्ययन गर्नबाट वञ्चित भएको थाहा पाए आफूहरुलाई जानकारी गराउनसमेत आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, शिक्षा शाखा प्रमुख पीताम्बर पन्थी, वडाध्यक्ष निरञ्जन काउछालगायतले पनि बालअधिकारका घटना भए सम्बन्धित वडा कार्यालयलगायतका स्थानमा जानकारी गराउनुपर्नेमा जोड दिंदै कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो ।

रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्री स्थानीय शासनका लागि नगरस्तरीय बालसञ्जाल गठन तथा उनीहरुलाई तीन दिनसम्म प्रशिक्षण प्रदान गरिएको शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाभित्र रहेका २२ वटा विद्यालयमा गठित बालक्लबका पदाधिकारीको सहभागितामा नगरस्तरीय बाल सञ्जाल गठन गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६