देश

नयाँ गठबन्धनको बैठक आज दिउसो मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुने



काठमाडौं, २२ फागुन । मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो तीन बजे डाकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वैठक बस्ने तय भएको हो । तर ४ दलको वैठक अघि लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्ने र उनीहरु पनि गठबन्धनमा सामेल हुने भए सोही आधारमा मन्त्रालय भागबण्डा हुने जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । सोमबार चार दलहरूबीच सत्ता सहकार्यको समझदारी भएर आठ बुँदे सहमति भएको थियो।

अब १० सिट रहेको एकीकृत समाजवादी, तीन सिट रहेको नागरिक उन्मुक्ति, चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि जोड्ने प्रयास भइरहेको माओवादी केन्द्रमा महासचिव देव गुरूङले बताए। नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल डिपीले मन्त्रीको शपथ लिइसकेका छन्।

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६