प्रदेश

कपिलवस्तु नगरपालिकाः सातौं मेयर कप क्रिकेट प्रतियोगिता सुरु



कपिलवस्तु, २२ फागुन। कपिलवस्तु नगरपालिकामा सातौं मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । स्थानीयस्तरमा नयाँ नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानिय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कपिलवस्तु नगरपालिकाको आयोजनामा मेयर कप प्रतियोगिता सुरु भएको हो ।

फागुन २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका अन्तर्गतका १२ वटै वडाका टीमको सहभागितामा बुद्धपद्म माविको खेल मैदानमा प्रतियोगिता सुरु गरिएको प्रतियोगिताका संयोजक दिरेप कुमार चौधरीले बताए ।

खेलको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पान्डेले बेलून उडाएर गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै उनले नगर क्षेत्रमा हुने यस्ता खेलकुदले नयाँ खेलाडी उत्पादन र खेलाडीको खेल कौशललाई बाहिर ल्याउन मद्दत पुग्ने जनाए ।

यसैबीच, नगर प्रमुख सुदीप पौडेलले स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाइ आत्मसात गर्दै शिक्षा, स्वास्थ्य सँगै खेलकुदलाई पनि प्राथमिकता दिंदै कपिलवस्तु क्रिकेटको उर्वर भूमि रहेकोले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुगोस् भन्ने हेतुले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । ‘क्रिकेटप्रति युवाहरुको रुची बढ्दो छ’, उनले भने, ‘सोहीअनुसार युवालाई प्रोत्साहन गर्न र खेल क्षेत्रको विकासका लागि नगरपालिकाले यो प्रतियोगिता आयोजना गरेको हो ।’

पालिकामा क्रिकेट प्रेमी र खेलाडीहरु पनि प्रशस्त भएकोले उनीहरुको अभ्यास र क्षमता बृद्धिका लागि मौका पनि यस्तै प्रतियोगिताबाट हुने हुदाँ यसलाई निरन्तरता दिँदै क्रिकेटको विकासमा सहयोग गर्न पालिका सकारात्मक रहेको प्रमुख पौडेलले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । उद्घाटनमा नगरका १२ वटै वडा वडाध्यक्षहरु, प्रहरी उपरीक्षक नवरत्न पौडेल, शसस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६