प्रदेश

छत्रकोट र रुरुका किसानलाई गुड खुदो बनाउन चटारो



गुल्मी, २२ फागुन । गुल्मी जिल्लाको छत्रकोट र रुरुका किशानहरुले गुड खुदो बेचेर मनग्य आम्दान गर्दै आएका छन् । छत्रकोट र रुरुका किसानलाई खुदो र गुणको बनाउन चटारो सुरु भएको छ ।

यी दुई स्थानीय तहका किसानले उखुबाट बनाइएका परिकारबाट करिब दुई करोड रुपैयाँको खुदो र गुड उत्पादन हुने गरेको छ । छत्रकोट र रुरुमा १७२ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ ।

रुरु क्षेत्रका वडानम्बर ३ थापती र वडानम्बर ४ बलेटक्सार, छत्रकोट वडानम्बर ३ हर्दिनेटा, वडानम्बर ४ दिगाम, वडानम्बर ५ खज्र्याङ उखु पकेट क्षेत्र हुन् । यी क्षेत्रमा किसानले प्रशस्त मात्रामा उखु खेती गर्दै आएका छन् ।

अहिले किसानलाई उखु काट्न, पेल्न, खुदो, गुड बनाउन व्यस्त छन् । ग्रामीण क्षेत्रका पाखोबारीमा लगाएको उखुको रसबाट खुदो र गुड बनाएर बजारमा बिक्रि गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् ।

यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्दै आएको उखु खेतीलाई प्रविधिको विकाससँगै आधुनिक मेसिनको प्रयोगबाट बनाइएको खुदो र गुड बेचेर जिविकोपार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।

यी क्षेत्रमा उत्पादन भएको गुड र खुदो रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखि बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अन्यत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने गरेका छन् ।

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६