प्रदेश

नवलपरासी सुस्ताबाट ४ सय क्वीन्टल बढि चिनी र केराउ बरामद



नवलपरासी, २२ फागुन ।

पश्चिम नवलपरासीको सुस्ता बाट प्रहरीले ठुलो परिमाणमा अवैध केराउ र चिनी बरामद गरेको छ । गएराती शसस्त्र प्रहरीले सुस्ता गाँउपालिका वडा नम्बर १ बरुवामा छापा मार्ने क्रममा ३ सय ८० क्वीन्टल केराउ (मटर) र ४० क्वीन्टल चिनी बरामद गरेको हो ।

३० लाख रुपैयाँ बढिको उक्त समान स्थानिय ज्ञानु अर्यालको घर पछाडी गोदाम बनाएर भण्डारण गरेको अवस्थामा फेला पारेको शसस्त्र प्रहरी २६ नम्बर गणका प्रहरी उपरिक्षक प्रकाश वाग्लेले जानकारी दिनुभयो ।


बरामद समान गएराती नै महेसपुर भन्सार कार्यालयमा बुझाईएको छ । उक्त समान आवश्यक प्रक्रिया पुरा गरि लिलामी गरिने भन्सार कार्यालय महेसपुरका प्रमुख वुद्धिकुमार चुडाँलले जानकारी दिनुभयो ।


भारतबाट अवैध रुपमा भित्र्याई सो स्थानमा भण्डारण गरि विक्रि गर्ने गरेको पाईएको छ । खुल्ला सिमानाको फाईदा उठाउदै नवलपरासी बाट चिनी, चामल, धान, केराउ लगायतका खाद्य समाग्रीको तस्करी हुने गरेको छ । प्रहरीले तस्करी नियन्त्रणका लागी सिमा क्षेत्रमा कडाई गरेको बताउदै आएपनि तस्करी नियन्त्रण हुन सकेको छैन् । ।

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६