अर्थ-वाणिज्य

प्रचण्ड नेतृत्वमा २० सदस्यीय मन्त्री मण्डल बन्यो: १६ नयाँ मन्त्रीले लिए शपथ



कपिलवस्तु २३ फागुन ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट १६ नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा बुधबार साँझ एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानमन्त्रीसहित १० मन्त्रीले शपथ लिएका हुन्।योसँगै मन्त्रिपरिषद् २० सदस्यीय भएको छ।माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पुनर्गठित मन्त्रिमण्डलमा एमालेका उपमहासचिव रघुवीर महासेठ, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री नियुक्त भएका छन्।महासेठले भौतिक पूर्वाधार, श्रेष्ठले परराष्ट्र र लामिछानेले गृह मन्त्रालयको विभागीय जिम्मेवारी पाएका छन्।

एमालेबाट हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योगमन्त्रीको जिम्मेवारीमा पुगेका छन्। ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास र बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाएका छन्।माओवादीबाट वर्षमान पुनले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन्। यस्तै शक्ति बस्नेत ऊर्जा र रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीमा दोहोरिएका छन्।
रास्वपाका विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हाँक्न पुगेका छन्।एकीकृत समाजवादीबाट भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रालयको नेतृत्व पाएका छन्।सोमबार मात्र एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीको शपथ लिएका थिए। यीमध्ये गिरीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व पाएका छन् भने हितबहादुर तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पाएका छन्। डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फर्किएका छन्।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६