खेलकुद

नेपाल हङकङसँग ७३ रनले पराजित



काठमाडौँ, २६ फागुन । हङकङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६।४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो ।

नेपाललाई सस्तोमा समेट्न एइजाज खानले घातक बलिङ गर्दै ४ विकेट लिए । उनलाई एहसान खानले ३ विकेट लिँदै साथ थिए । अतिक इकबाल र नसरुल्लाह रानाले १–१ विकेट लिए ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २२ बलमा ४२ रन बनाए । यसक्रममा उनले ४ चौका र ३ छक्का हिर्काए । कप्तान रोहित पौडेलले ३० तथा आरिफ शेखले ३८ रनको योगदान दिए । ३ विकेटको क्षतिमा ११७ रनको बलियो अवस्थामा रहेको नेपालले २२ रनमा बाँकी विकेट गुमाउन पुग्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाए । उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गरे । एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।

यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए । आकाश चन्दको बलमा आउट हुनअघि उनले ५ चौका र १ छक्का हिर्काए ।

अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भए । उनले ३ चौका र २ छक्का हिर्काए । विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए । नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र रासिद खानले १–१ विकेट लिए ।

प्रकाशित : २६ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६