देश

रुपन्देही सशस्त्र प्रहरीद्वारा १३ लाख बराबरका अबैध सामान बरामद



भैरहवा, २६ फागुन ।

सशस्त्र प्रहरी बल, नेपाल २७ नं. गण रुपन्देहीले अबैध सामान बरामद गरी १३ लाख बराबरका सामान बरामद गरी भैरहवा भन्सार कार्यालयमा चलान गरेको छ ।

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलंगे पुल इलाकामा लु १ च ५७९१ बलेरो सिंगल क्याप गाडीमा अबैधरुपमा भारतबाट नेपाल ल्याउँदै गरेको जुत्ता, चप्पल र गाडी सहित जम्मा १२ लाख ९९ हजार ३ सय ३० बराबरका सामान भैरहवा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक (एसपी) आनन्द थापा मगरले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको नेतृत्वमा खटिएको टोलीले विशेष सुचनाका आधारमा बलेरो गाडीमा भारतबाट अबैधरुपमा भन्सार छलि गरी नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० जोर जुत्ता, ३ सय ५७ जोर बच्चाको चप्पल जम्मा ३ लाख ९९ हजार ३ सय ३० रुपैँया बराबरका सामान बरामद गरेको थियो ।

त्यसैगरी उक्त गाडीको मुल्य ९ लाख गरी जम्मा १२ लाख ९९ हजार ३ सय ३० बराबरको सामान भैरहवा भन्सार कार्यालय चलान गरीएको सशस्त्र प्रहरी उपरिक्षक(एसपी) आनन्द थापा मगरले जानकारी दिए ।

गडी चालक रुपन्देही जिल्ला सम्मरीमाई गाउँपालिका वडा नं ७ बेदकुइयाँ बस्ने २४ वर्षिय रविन्द्र यादवलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको एसपी आनन्द थापा मगरले बताए ।

प्रकाशित : २६ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६