प्रदेश

दधि–स्मृति साहित्य समाज कपिलवस्तुद्वारा राष्ट्रिय कवि गोष्ठी तथा श्रष्टा सम्मान



कपिलवस्तु, २७ फागुन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ९ कपिलधाममा राष्ट्रिय कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । दधि–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा राष्ट्रिय कवि गोष्ठी, रचना वाचन तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली साहित्यदान गर्ने विभिन्न जिल्लाका सात जना कवि सम्मानित भएका छन् । सम्मानित हुनेमा शिव तुलसा छन्द रथि पुरस्कारबाट भैरहवाका साहित्यकार रुद्र ज्ञवाली, साहित्य रत्न पुरस्कारबाट काठमाडौका श्यामबहादुर भावुक, काव्य साधक पुरस्कारबाट चितवनका साहित्यकार गिरिराज डल्लाकोटी, साहित्य श्री पुरस्कारबाट वाणगङगाका साहित्यकार कृष्ण प्रसाद पाण्डे, वासु साहित्य पुरस्कारबाट ठाकुर प्रसाद पोख्रेल, आख्यान साहित्य पुरस्कारबाट अमृत भुसाल (पियूष) र प्राची वाल साहित्य पुरस्कारबाट कविता अधिकारी सम्मानित भएका छन् ।

कार्यक्रममा जङ्गबहादुर शाहले साहित्य, संगीत र कला एक अर्काका पर्याय हुन् भन्ने कुरा कसैले भुल्नु नहुने जिकिर गरेका थिए । नेपाली भाषा, साहित्य, कला सङ्गीत नहुने मान्छे पशु सरह हुने टीप्पणी गरेका उनले कुनै न कुनै कला लिएर मानिस जिउँने गरेको तर्क गरे ,

उक्त कार्यक्रममा संस्थाका सह सचिव राधा पाण्डे, प्रबिण अधिकारी, सन्ध्या खनाल, रामप्रकाश चौधरी, मोहन पन्थी, टङकप्रसाद आचार्य लगायत २ दर्जन बढी साहित्यकारहरुले आ आफ्ना रचना वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता, सचिव सुशील अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद अधिकारीले संचालन गरेका थिए ।

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६