प्रदेश

स्थलमार्ग हुँदै लुम्बिनी आउने विदेशी पर्यटकको सङख्यामा बृद्धि



रुपन्देही, २७ फागुन । कोरोना संक्रमणपछि सुस्ताएको पर्यटक आगमन दर बिस्तारै बढ्न थालेको छ । रुपन्देहीको भैरहवास्थित सिमा नाका बेलहिया हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङख्यामा बृद्धि भएको हो ।

बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार फेब्रुअरीमा यो नाका हुँदै १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यसअघि सन् २०१९ को फेब्रुअरीमा सर्वाधिक २५ हजार पर्यटक यो नाका हुँदै आएका थिए । २०२० को फेब्रुअरीमा २३ हजार, २०२१ मा एक हजार, २०२२ मा ५६ तथा २०२३ को फेब्रुअरीमा १३ हजार पर्यटक बेलहिया नाका हुँदै नेपाल भित्रिएको अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठले जानकारी दिनुभयो ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको जनवरी, फेब्रुअरी दुवै महिनामा पर्यटक आगमन बढेको छ । यो नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो । लुम्बिनीपछि पोखरा, चितवन, काठमाडौं, मुस्ताङ, मनांङ, पाल्पा पर्यटकहरूको रोजाइको गन्तव्य बन्ने गरेको छ ।

पर्यटकको आवागनमा बृद्धि भएपनि पर्यटकको बसाई लम्ब्याउन नसक्दा पर्यटन व्यवसायिले फाईदा लिन नसकिएको व्यवसायि मेघनाथ आर्चायको भनाई छ ।

तथ्यांक अनुसार लुम्बिनीमा नेपाली, भारतीय र विदेशी गरी औषतमा दैनिक तीन हजार पर्यटक आउनने गरेका छन् । लुम्बिनीमा पुग्ने पर्यटकको बसाई लम्व्याउनका लागि लुम्बिनी बिकास कोष सहित सम्बन्धीत निकायले बिशेष खालका कार्यक्रम गर्नु पर्ने देखिन्छ ।

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६