देश

राप्रपा बैठकमा पार्टी कार्यलयमै कुटिए ठाकुरमोहन



काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि आइतबार विहान हातपात भएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी श्रेष्ठमाथि हातपात भएको हो।

कार्यसम्पादन समिति बैठक खाना खाएपछि पुनः बस्ने गरी स्थगित भएको समयमा बाहिर निस्कँदै गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर श्रेष्ठमाथि हातपात भएको हो। कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठले भ्रष्टाचारका विषयका कुरा राखेका थिए। त्यसबेला महामन्त्री विक्रम पाण्डेसँग भनाभन भएको थियो।

उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनेपछि माहोल तनावपूर्ण बनेको थियो । आफूलाई भ्रष्टाचारी संज्ञा दिएपछि पाण्डे उत्तेजित भएका थिए । बैठकमा केहीबेर आरोप प्रत्यारोप चलेपछि अध्यक्ष लगायतका सिनीयर नेताले थुमथुम्याउने प्रयास गरेका थिए । तर, पाण्डेले श्रेष्ठले भनाइ फिर्ता नलिए आफू बैठक बहिष्कार गर्ने भनेर उठेका थिए ।

पाण्डे उठेपछि अध्यक्षले सम्झाएर यो अभिव्यक्तिलाई गम्भीर रूपमा लिइने र आवश्यक देखिए कारबाही पनि गर्ने आश्वासन दिएका थिए । त्यसपछि पाण्डे थामिए र बैठक सुचारु भएको थियो ।

बैठकपछि पाण्डेनिकटले श्रेष्ठमाथि हातपात गरेको आरोप लागेको छ। राप्रपा केन्द्रीय कार्यालयले भने सिसी टिभी फुटेज हेरेर कारबाही प्रक्रियामा जाने जनाएको छ।

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६