देश

माग सम्बोधन नभएपछि जुत्ता-चप्पल देखाउँदै प्रदर्शन



काठमाडौं, २७ फागुन । लामो समयदेखि सरकारसँग वार्ता भइरहे पनि आफ्ना मागहरू सम्बोधन नभएपछि मिटरब्याज पीडितहरूले सिंहरदरबारलाई जुत्ता-चप्पल देखाउँदै प्रदर्शन गरेका छन्।

न्यायका लागि राजधानी काठमाडौंमा आएर पटक पटक सरकारी टोलीसँग वार्ता गरेपनि वार्ता निष्कर्षविहीन भएपछि उनीहरूले आइतबार सिंहरदवारलाई जुत्ता-चप्पल देखाएका हुन्।

मिटरब्याजका कारण आफ्नो घरबास नै उठेको बताउने ती पीडितको माग सम्बोधनका लागि वार्ता टोलीसमेत गठन भएको छ।

टोलीका संयोजक अवधेश कुशवाहको संयोजकत्वमा गठन भएको टोलीले पटक-पटक सरकारी टोलीसँग वार्ता समेत गरेको छ। तर सत्ता समीकरणमा आएको फेरवदलका कारण उनीहरूको माग सम्बोधनका लागि भइरहेको वार्ता पनि प्रभावित भएको छ।

यसअघिका वार्ता पनि निष्कर्षविहीन भएको र अब हुनुपर्ने वार्ता पनि प्रभावित भएपछि पीडितहरूले नयाँ तरिकाबारे सरकारप्रति सांकेतिक विरोध एवम् प्रदर्शनका कार्यक्रम गरेका हुन्।

यसअघि यही फागुन २३ गते प्रदर्शन गर्नेक्रममा वार्ता टोलीका संयोजक कुशवाहसहित करिब २५ जनाको पीडित टोलीलाई प्रहरीले पक्राउसमेत गरेको थियो । उक्त टोलीलाई प्रहरीले बुधबार बालुवाटारबाट पक्राउ गरेको हो ।

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६