प्रदेश

रुपन्देहीमा एक्स्ट्रा टेक ओभल क्रिकेट मैदान उद्घाटन



बुटवल, २८ फागुन । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार मैदानको उद्घाटन गरेका हुन्।

अस्ट्रेलियामा व्यवसाय गर्दै आएका विरोध कुँवरले निजी लगानीमा मैदान निर्माण गरेका हुन्। तिलोत्तमा नगरपालिका १७ स्थित पूर्व दरखसवामा गत जेठ २९ गते शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएको हो । पहिलो चरणमा मैदानको निर्माण सकिएसँगै आज ‘लिजेन्ट्स कप’ आयोजना गरिएको छ।

मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी १० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी (२) विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको, एलबी क्षेत्रीले सन् १९९६ टिमको, कलाम अलीले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका छन् ।

प्रकाशित : २८ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६