प्रदेश

लुम्बिनीमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व



गुल्मी, २८ फागुन । लुम्बिनीमा नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । गुल्मीको सदरमुकाम तम्घासमा भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

दोस्रो लुम्बिनी प्रदेश अधिवेशनबाट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको अध्यक्षमा अम्मरसिंह सिंजापती सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा उमाशंकर चौधरी र बिना रानामगर रहनुभएको छ ।

त्यस्तै, सचिवमा प्रेम पुन मगर, कोषाध्यक्षमा देवराज श्रेष्ठ, उपसचिवमा लालबहादुर थापा र धनबहादुर बुढामगर रहनुभएको छ । लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाबाट तीन जना र बाँकी १२ जना खुल्ला सदस्य गरी नयाँ कार्यसमिति चयन गरिएको छ ।

दुई दिनसम्म चलेको दोस्रो लुम्बिनी प्रदेश अधिवेशनबाट ५५ सदस्यीय लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको लुम्बिनी प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । १२ जिल्लाका १६० प्रतिनिधिको सहभागिता रहेको दोस्रो अधिवेशनको उद्घाटन नेकपा -एमाले का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गर्नुभएको हो ।

प्रकाशित : २८ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६