देश

कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगलागी



बर्दिया, २८ फागुन ।

बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लट्ठामा समेत क्षति पुगेको छ।

सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना प ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी भएको थियो। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिकाको दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो लाग्नुको कारण भने खुलेको छैन।

तस्बिरः सामाजिक सञ्जाल

प्रकाशित : २८ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६