प्रदेश

बाणगंगामा डायलाइसिस सेन्टर सञ्चालन, चार जना बिरामीबाट परिक्षण



कपिलवस्तु, २८ फागुन ।

कपिलवस्तुको बाणगङ्गामा मृगौला रोगीहरूको लागी डाइलाइसिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लब सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखाको रुपमा कपिलवस्तु सामुदायिक डाइलाइसिस सेन्टर सञ्चालनमा आएको हो । डाइलाइसिस सेन्टर बाणगङ्गा वडा न. १ जेसिज भवनबाट सुरुवात गरिएको छ ।

मृगौला रोग लागेमा यो रोगको विकल्प भनेको डाइलाइसिस हो । डाइलाइसिस भनेको हाम्रो शरीरको अति नै महत्वपूर्ण अङ्ग मृगौला बिग्रिएमा वा मृगौलाले काम नगरेको अवस्थामा मेसिनको माध्यमबाट हाम्रो शरीरमा रहेका विकार वस्तु फाल्ने काम डाइलाइसिस भएको डाइलाइसिस विशेषज्ञ डाक्टरले जानकारी दिए ।

वाणगङ्गामा सोमवार अर्थात फागुन २८ गतेबाट शुरु गरिएको छ । यो ट्रायल फेजमा चार जना बिरामीलाई राखेर प्रशिक्षण गरिएको डाक्टरले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल डाइलाइसिस सुपरभाइजर विमल भुसालले जानकारी दिए । उनले यो परीक्षणको रिर्पोट सरकारमा पठाएर सरकारबाट स्वीकृत पाएमा निरन्तर रुपमा सेवासुविधा प्रदान गरिने बताए ।

यस्तै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीले कपिलवस्तु सामुदायिक डाइलाइसिस सेन्टरको ट्रायल परिक्षण सेवा अबको हप्ता दश दिनमा सरकारबाट अनुमति पाउन साथ यो सेवा निरन्तर रुपमा प्रदान गर्ने बताए । उनले खासगरी यो सेवा अर्घाखाँची र कपिलवस्तुका मृगौला सम्बन्धित बिरामीलाई मध्यनजर गर्दै कपिलवस्तुमा सञ्चालन गरिएको बताए । साथै उनले बिरामीलाई बुटवल जादा लाग्ने समय र खर्च पनि बचत हुने जानकारी दिए ।
दुई वर्षदेखि पहल गर्दा गर्दै पनि विभिन्न वाधा अवरोधका बिच कपिलवस्तु सामुदायिक डाइलाइसिस सेन्टर बाट डाइलाइसिस सेवा सुरुवात गरिएको अस्पतालका प्रमुख भण्डारीले भने ।

प्रकाशित : २८ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६