प्रदेश

पाल्पा दरबारको सौन्दर्यमा सरकारको चासो



पाल्पा, २९ फागुन । पाल्पा दरबारको सौन्दर्य र पर्यटन प्रवर्धन गर्न सरकाले चासो देखाएको छ । दरबारको सौन्दर्यकरण गर्दै यसको संरक्षण र संवर्द्धन गर्न सरकार लागेको हो ।

तानसेन बजारको मुख्य क्षेत्र मखनटोलतर्फको बाहिरी भागमा ऐतिहासिक स्वरूपमा पर्खाल बनाउने काम सुरु भएको छ । पाल्पा दरबारलाई पुरानै ढाँचामा ल्याएर विश्व सम्पदा सुचीमा पार्न कोसिस गरिएको तानसेन नगरपालिकाका सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

दरवार क्षेत्रको पर्खाल, गेट, आँगन तथा मूलढोका बनाउन सुरु भएको छ । वि।स १९११ सालमा पाल्पा दरबारको सुरक्षाका लागि यसको परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको पर्खाल लगाइएको थियो । सोही पर्खालको आकार तथा स्वरूपमा पुरातत्त्व विभाग, लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिकाको लगानीमा भत्काएर बनाउन थालिएको छ ।

लुम्बिनी प्रदेश सरकारले ५० लाख लगानीमा प्रशासनदेखि दरबार गेटसम्म ५० मिटर पर्खाल लगाउन सहयोग गरेको छ । दरबारको गेटदेखि शित्तलपाटी क्षेत्रसम्म ७३ मिटर क्षेत्रमा ८० लाख लगानीमा पर्खाल लगाउने काम अघि बढेको छ ।

यस क्षेत्रमा ढल निर्माणका साथै ऐतिहासिक पर्खाल संरक्षणको काम हुने तानसेन नगरपालिका –४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले तताउनुभयो । २०८१ असार मसान्तभित्र सक्नेगरी पर्खाल लगाउने काम भइरहेको अध्यक्ष शाक्यले बताउनुभयो । उहाँले पुरानो संरचनालाई यथावत् राख्दै काम गर्ने जानकारी दिनुभयो ।

यस्तै, पाल्पा दरबार सङ्ग्रहालय परिसरभित्र र बाहिर ढुङ्गा छाप्ने काम भएको छ । तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा ४१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । यसमा लुम्बिनी प्रदेश सरकारको ५० लाख बजेट थप गरेको छ । तानसेन नगरपालिकाका नगर प्रवक्ता यादवसिंह कार्कीका अनुसार निर्माणको काम चाँडै सुरु हुनेछ ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६