देश

नयां सत्ता गठबन्धनमा नेकपा एस पनि मिसियो, ७ बुंदे सहमतिमा हस्ताक्षर



काठमाडौं, २९ फागुन । नेकपामा एकीकृत समाजवादीसहित नयां सत्ता गठबन्धनले सात बुँदे हस्ताक्षर गरेका छन् ।
सोमबार बसेको समाजवादीको संसदीय दलको बैठकले आफ्ना सरोकारहरुलाई लिखित रुपमा सम्बोधन गर्नुपर्ने निर्णय गरेपछि पुरानै सहमतिलाई समाजवादीसहितको नयाँ भर्सन बनाइएको हो।

सहमितमा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रलाई दिने उल्लेख भएको कुराले निरन्तरता पाएको छ। तर यसअघि उपाध्यक्ष एमालेलाई दिने भन्ने विषयलाई मंगलबारको पाँच दलीय सहमतिबाट हटाइएको छ।


एकीकृत समाजवादीले आफूहरुलाई बाइपास गरेर बनेको चार दलीय गठबन्धनमा मिसिन गएको होइन भन्ने सन्देश दिन र आत्मसम्मानका लागि आफ्नो हस्ताक्षर गराएको हो ।

मंगलबार बिहान सहमतिमा हस्ताक्षर गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपा अध्यक्ष रवि लामिछाने र जसपा अध्यक्ष बालुवाटार पुगेका थिए।

पाँच दलबीच दाहाल नेतृत्वको सरकारलाई सुदृढ बनाउने उल्लेख छ। यो सहमति संगै नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाललाई मत दिने भएको छ ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६