खेलकुद

नेपाललाई हराउँदै पीएनजीले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि



काठमाण्डौ, ३० फागुन । नेपाललाई हराउँदै पपुवा न्युगिनि (पीएनजी) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । आज भएको खेलमा पीएनजीले नेपाललाई ८६ रनले हरायो ।

पीएनजीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ बलमा अल आउट भयो । नेपालका सन्दीप जोराले सबैभन्दा धेरै १७ रन बनाए । पीएनजीका कबुआ मोरे, चाद सोपर र सेसे बाउले समान २ विकेट लिए ।

यसअघि हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा टस हारेर ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो । पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।

हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियो ।

पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एकरएक अङ्क बाँडिएको थियो ।

यसैबीच शृङ्खलाको तेस्रो स्थानका लागि भएको खेलमा हङकङले हङकङ ‘ए’ टोलीलाई ७० रनले हराएको छ । हङकङले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको हङकङ ‘ए’ टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमात्र बनाउन सक्यो ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६