प्रदेश

लुम्बिनीका होटल व्यवसायी आन्दोलित



लुम्बिनी, ०१ चैत्र । लुम्बिनी भ्रमण गर्न आउने पर्यटकहरू लुम्बिनी क्षेत्रका होटलहरूमा नबसी लुम्बिनीमा रहेका विभिन्न विहारहरूमा बास बस्दै आएको भन्दै लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरू आन्दोलित बनेका छन् ।

लुम्बिनी क्षेत्रमा रहेका विहारहरूले सुरु सुरुका वर्षहरूमा उपासाक तथा बाहिरबाट आएका केही भिक्षुहरूलाई मात्रै विहारमा राख्ने गरेका थिए । तर पछिल्ला वर्षहरूमा लुम्बिनी घुम्न आएका अन्य पर्यटकहरूलाई पनि विहारले बास दिन थालेपछि यहाँका होटल व्यवसायीहरू आन्दोलित बनेका हुन् ।

लुम्बिनीका होटल तथा पर्यटन व्यवसायीहरूले लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै विहार र गुम्बाहरूमा व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्थालाई अविलम्ब स्थायी रुपमा रोक लगाउन माग गरेका छन् ।

यहाँका विहारहरू दिन प्रतिदिन होटलका रुपमा सञ्चालन हुँदा करोडौं रुपैयाँ लगानी गरी निर्माण भएका लुम्बिनी क्षेत्रका होटलहरू बन्द हुने स्थितिमा रहेको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए ।

प्रकाशित : १ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६