प्रदेश

बर्तमान आवश्यकतालाई मध्यनजर गरी कार्मचारीले काम गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड



तौलिहवा, ०३ चैत । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बर्तमान आवश्यकतालाई मध्यनजर गरी कार्मचारीले काम गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा आयोजना गरिएको नवनियुक्त मन्त्री अधिकारीलाई स्वागत एवम् अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री अधिकारीले कपिलबस्तुमा कतिपय काम गर्न अप्ठ्यारो भएको, दोहोरो बाझिएका पुराना ऐन कानुनलाई सुलभ तरिकाले व्यवस्थित गर्न जिल्लामा कार्यरत कर्मचारीले एकमुष्ट राय बनाएर जानकारी दिन अनुरोध गर्नुभयो ।

उहाँले मन्त्रालय स्तरीय केही काम कार्यविधि बनाएर लागु गर्नुपर्ने काममा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, ‘विधिले तय गरेका कुरालाई कार्मचारीले नाई भन्न मिल्दैन ।’

व्यक्तिले संघ संस्थालाई दिएको जग्गा मन्त्रीस्तरको निर्णय नकुर्नु पर्ने र यस्ता समस्यालाई अब आउने कार्यक्रमबाट स्थानीय तहमा दिनु पर्ने कुरा राख्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागी विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिले आफ्नो कार्यालयले सञ्चालन गर्ने कामलाई जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा भएको हो ।

प्रकाशित : ३ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६