प्रदेश

पाल्पाका विद्यालयमा अपराध नियन्त्रणसम्बन्धी पाठ्यसामग्री पढाइँदै



पाल्पा, ०४ चैत्र । पाल्पाका विद्यालयमा अपराध नियन्त्रण सम्बन्धि पाठ्यसामग्री पढाइने भएको छ। जिल्लाका स्थानीय तहले लागू गरेका स्थानीय पाठ्यक्रममा प्रहरीले तयार गरेको सामाजिक अपराध नियन्त्रणसम्बन्धी पाठ्यसामग्री समावेश गरिने भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाले पाठ्यसामग्री लागू गरेर विद्यार्थीलाई पढाउनका लागि तीनवटा पालिकासँग सहमति गरेको प्रहरी निरीक्षक श्रीराम भट्टले बताए।

उनका अनुसार शुक्रबार रिब्दीकोट गाउँपालिकासँग सम्झौता भएको छ। अब यहाँका ३७ विद्यालयमा यो पाठ्यसामग्री पढाइ हुनेछ।

यसअघि तानसेन नगरपालिका, रामपुर नगरपालिका र बगनासकाली गाउँपलिकामा सहमति भइसकेको छ। यहाँका केही विद्यालयमा पढाउन थालिसकेको उनले बताए। प्रहरी निरीक्षक भट्टले सम्बन्धित पालिकामा पुगेर प्रधानाध्यापकलाई प्रहरी पाठ्यसामग्रीबारे सहजीकरण गरेका छन्।

विभिन्न विद्यालयका प्रधानाध्यापकहरुलाई स्थानीय तह(प्रहरी(विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत अध्यापन गराउनुपर्ने विषयबस्तु सम्बन्धी प्रशिक्षण दिइएको छ।

विद्यालयको आवश्यकताअनुसार प्रहरी नै पुगेर प्रहरी पाठ्यसामग्री पढाउने प्रहरी निरीक्षक भट्टले बताए। कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यो पाठ्यसामग्री पढाइने छ।

ट्राफिक सचेतना, लागू औषध, सामाजिक कुरिती, बोक्सी प्रथा, बालविवाह, बहुविवाह, मानव बेचबिखन, घरेलु हिंसा, विपद व्यवस्थापन, शीतलहर, सर्पको टोकाइजस्ता घटनाबाट कसरी बाँच्न सकिन्छ, घटना स्थलको सूचना प्रहरीलाई कसरी दिने, अपराध गरे हुने सजाय, बालबालिकाको हक अधिकारबारे समेटिएका २४ शीर्षकमा प्रहरी पाठ्यसामग्रीमा पढाइ हुने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए।

यो कार्यक्रमले सुरक्षा सचेतना फैलाउन सहयोग पुर्‍याउने उनले दाबी गरे। ुअपराधमुक्त समाज बनाउने प्रहरीको लक्ष्य हो। अपराध समाजमा नै हुन्छ। यसको नियन्त्रण पनि समाजबाट नै हुन्छु उनले भने ुघरघरमा सुरक्षा सचेतनाबारे जानकारी पुर्‍याउने उद्देश्यले विद्यालय केन्द्रित कार्यक्रम संचालन गरिएको हो।ु

बालबालिका र किशोर किशोरीमाथि विभिन्न घटना घटिरहेका छन्। बालबालिकादेखि युवा पिढी अहिले विद्यालय र क्याम्पसमा छन्। उनीहरूलाई सुरक्षाबारे सचेत गराउन सके अपराध नियन्त्रणमा सहयोग पुग्ने प्रहरी उपरीक्षक चन्दले बताए। यहाँका १० स्थानीय तहमा रहेका विद्यालयमा यो पाठ्यक्रम पढाउने गरी सम्झौता हुनेछ।

प्रकाशित : ४ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६