प्रदेश

माटोको ढिस्कोले पुरिएर शितगंगामा एक जनाको मृत्यु, एक घाइते



अर्घाखाँची, ०४ चैत्र । शितगंगा नगरपालिकामा माटाको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसत शितगंगा नगरपालिकाको वाड न.२ सितापुर सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर एकजना महिलाको मृत्यु भएको हो । अर्कि एक महिला गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।

मृत्यु हुनेमा शितगंगा वडा नम्बर २ की ४० वर्षिय शारदा अधिकारी रहेको प्रहरिले जनाएको छ । संगै माटो खन्न गएकी ३५ वर्षिय राधा अधिकारी भने घाइते छिन् । घाइते राधालाई ठाडा प्राथमीक सवास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि भैरहवा रिफर गरिएको छ ।

प्रकाशित : ४ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६