प्रदेश

तिलौराकोटको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको टोलीद्वारा अनुगमन



कपिलवस्तु, ०५ चैत्र । प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको टोलीद्वारा अनुगमन तथा निरीक्षण गरिएको छ । युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजनाले सन् २०१४ देखि तिलौराकोटमा गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट के के उपलब्धि भयो भन्ने उद्देश्यले अनुगमन तथा निरीक्षण गरिएको हो । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल प्राचीन तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तिलौराकोटमा भएको उत्खनन एवम् अन्वेषणले अहिलेसम्मको उपलब्धि र विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आधारभूत आवश्यकताहरु बारेमा जानकारी लिन निरीक्षण गरिएको बताउनुभयो । अनुगमन तथा निरीक्षणले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मद्दत गर्ने उहाँले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा सहसचिव सुरेश श्रेष्ठले नेपाल सरकारका तर्फबाट तिलौराकोटलाई सम्पदा सूचिमा सूचिकृत गर्न अन्तिम मनोनयन दस्तावेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिएको र विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियामा रहेको बताउनुभयो । साथै लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा व्यवस्थापन र संरक्षण तथा चुनौतीलाई कसरी व्यवस्थापन गर्न सकिनेलगायतको विषयमा छलफल गरिने उहाँले बताउनुभयो ।

सो अवसरमा जापानिज फन्ड इन ट्रस्टका टिम लिडर प्रा.डा. युकियो निसिमुरा, विश्व सम्पदा केन्द्रका संयोजक प्रोफेसर रोल्याण्ड लिन, संरक्षण विज्ञ कन्स्ट्यान्टिभ म्युची, सम्पदा व्यवस्थापन विज्ञ काई वाई जे, पुरातत्वविद् वसन्त विडारी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईलगायतको सहभागिता छ । तिलौराकोट बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ एवम् राजा शुद्धोदनको राजदरबार हो ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६