समाचार

नव छहारीको अध्यक्षमा कृष्ण कुँवर सर्वसम्मत



कपिलवस्तु, १० चैत्र । बाणगंगा नगरपालिकास्थित नव छहारी विकास संस्थाको अध्यक्षमा समाजसेवी तथा ब्यवसायी कृष्ण कुँवर चयन भएका छन् । संघका अध्यक्ष नन्द किशोर शुक्लाको अध्यक्षतामा शुक्रबार वडा नम्बर २ पिपरामा भएको संस्थाको छैठौँ अधिवेशनले संस्थापक अध्यक्षसमेत रहेका कुवँरलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । संस्थामा रहेका सबै सदस्यहरु कुँवरलाई अध्यक्ष बनाउन एकढिक्का भएका थिए । कुँवर बाणगंगा माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षसमेत रहेका छन् ।

अध्यक्षबाहेकका पदमा भने पुरानै कार्यसमितिलाई दोहोर्याइएको छ । कँवर अध्यक्ष बन्दा उपाध्यक्षमा माधव भाट क्षेत्री, सचिवमा अञ्जु अधिकारी, कोषाध्यक्षमा लक्ष्मण शर्मा र सहसचिवमा इन्दिरा तिमिल्सिना दोहोरिए । ११ सदस्यीय कार्यसमितिमा पुनः टेकेन्द्र कुमार क्षेत्री, चन्द्रकान्त न्यौपाने, कृष्ण कार्की, थानेश्वर अधिकारी, दीपक आचार्य र अस्मिता पोख्रेल चयन भएका छन् ।
अध्यक्षमा चयन भएका कुँवरले अब संस्थागत विकासमा ध्यान दिने बताए । संस्थाको आफ्नै जग्गा र घर नभएको हुनाले यसको लागि पहल गर्ने बताउँदै कुँवरले सर्वसम्मत बनाउन पहल गर्ने सबैलाई धन्यबाद दिए ।

बिभिन्न सामाजिक काम गर्ने उद्धेश्य बोकेर स्थापना भएको संस्थाले अहिले बाणगंगामा सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज संचालन गरिरहेको छ । रेडियोमा लगानी गरेका केहि ब्यक्ति छुटेको हुनाले आगामी दिनमा वृहत् भेटघाट र शुभकामना कार्यक्रम गरी सबैलाई समेटेर लैजाने कुँवरले प्रतिवद्धता जनाएका छन् ।

संघमा निर्वमान अध्यक्ष बनेका नन्द किशोर शुक्लाले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यबाद दिदै अध्यक्ष कुँवर नेतृत्वलाई बधाई र शुभकामना दिए । कार्यक्रममा नछहारीमा सदस्य रहेका ब्यक्तिको सहभागिता थियो ।

रेडियोका सहायक स्टेसन म्यानेजर हरि आचार्यको संचालन, उपाध्यक्ष माधव भाट क्षेत्रीको स्वागत मन्तव्यमा संचालन भएको कार्यक्रममा शुक्लाले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै आगामी योजनाबारे सुनाएका थिए । रेडियोका कार्यकारी निर्देशक चन्द्रकान्त न्यौपानले रेडियोको बर्तमान अवस्था र तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए । अधिवेशनकै अवसरमा सुपादेउराली मन्दिरमा पुजाआजा गरिएको थियो ।

प्रकाशित : १० चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६