देश

उपनिर्वाचनका लागि एमालेका उम्मेदवार, इलाम २ मा सुहाङ नेम्वाङ



काठमाण्डौं, ११ चैत्र ।
नेकपा (एमाले) ले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।

गत भदौ २६ गते एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त छ। एमालेले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

एमाले इलामले कोशी प्रदेश कमिटीमा उम्मेदवारका ६ जना आकांक्षीको नाम पठाएको थियो। ती नाम केन्द्रमा आएपछि सुहाङलाई उम्मेदवार बनाइएको हो।

बझाङ १ को १ मा भने एमालेबाट ३ जना आकांक्षी थिए। बझाङ क्षेत्र नम्बर १ को ९१० मा २०७९ को चुनावमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त छ।

यस्तै सचिवालय बैठकले ऐन महरलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ।

‘विगतमा कमजोरी भयो, म पार्टीको विधि पद्धतिको अधीनमा रहेर काम गर्छु भनेर उहाँले लिखित आत्मालोचना बुझाउनु भएको छ। त्यसैले उहाँलाई केन्द्रीय सदस्यकै जिम्मेवारीमा फर्काउने निर्णय भएको छ,’ एक पदाधिकारीले भने।

प्रकाशित : ११ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६