प्रदेश

रुपन्देहीमा प्रथम दलित ज्ञान उत्सव हुने



रुपन्देही,१२ चैत्र । रुपन्देहीको तिलोत्तमामा प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा चैत १४, १५ र १६ गते तीन दिन दलित ज्ञान उत्सव हुने भएको हो ।

रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बुद्धभूमि रुपन्देहीबाट विभेदका विरुद्ध सन्देश दिने गरी प्रथम दलित ज्ञान उत्सव गर्न लागिएको जानकारी दिनुभयो । उहाँले दलित समुदायको ज्ञान, सिप र पेसा विभेदका कारण पछाडि पारिएको बताउँदै ज्ञानउत्सवले त्यसलाई चिर्ने बताउनुभयो । उहाँले ज्ञान उत्सवमा विभिन्न विषयहरूमा छलफल हुने बताउँदै सामाजिक न्याय, समानता र विभेदका विरुद्ध तिलोत्तमा नगरपालिकाले एउटा पहल गरेको बताउनुभयो ।

नगरप्रमुख खाँणले तिलोत्तमा नगरपालिकाले भौतिकसँगै मानवीय विकासलाई अघि बढाउने नीति अनुसार ज्ञान उत्सवमा सहकार्य गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दलितहरूको श्रम, सिप र ज्ञानलाई जोडेर ढलेको आत्मसम्मानलाई उठाउने बताउनुभयो । उहाँले प्रथम ज्ञान उत्सवले विभेद रहित र समतामुलुक दश बनाउने अभियानमा जोड्ने विश्वास गर्नुभयो।

तीन दिने ज्ञान उत्सवले दलित ज्ञान उत्सवले नयाँ इट्टा थप्ने तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताउनुभयो । सेन्चुरीले यो उत्सवमा सहभागिता हुनका लागि समेत आग्रह गर्नुभयो ।

योगिकुटीस्थित होटल पौवामा हुने ज्ञान उत्सव हरेक दिन बिहान ०९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन चल्नेछ । उत्सवमा दलित तथा सीमान्तकृत समुदायको सामाजिक न्यायको पक्षमा सहकार्य र हालेमालोका लागि हामी सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, लेखक, अनुसन्धानदाता तथा पत्रकारहरूको उपस्थिति रहनेछ ।

ज्ञान उत्सवको मुख्य विषय “नेपालमा जातीय अर्थतन्त्र” हुने भए पनि ज्ञानको जात शास्त्र, निजी क्षेत्रमा आरक्षण, दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, दलित राजनीतिक तथा सामाजिक आन्दोलन, कला–साहित्य र चलचित्र, दलित उद्यम र मिडियाको लोकतन्त्रलगायतका विविध विषयमा सम–सामयिक विमर्श हुने दलित रीडरका सल्लाहकार सुभाष नेपालीले जानकारी दिनुभयो । दलित रीडरका सदस्य निशा हरिजनले तीन दिनसम्म चल्ने ज्ञान उत्सवमा सातै प्रदेशबाट दलित अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा गैरदलित बुद्धिजीवी, पत्रकार, अभियन्ता लगायत कलाकारहरूको सहभागिता रहने जानकारी दिनुभयो ।

यस्तै, तिलोत्तमा नगरपालिकाका आर्थिक विकास समिति संयोजक गणेश पाठकले श्रमको सम्मान नगर्दा सम्म देशको विकास नहुने भएकाले सम्पूर्ण श्रमिकहरूको सम्मानका लागि पनि यो ज्ञान उत्सव कोशे ढुङ्गा हुने बताउनुभयो । तीन दिनसम्म चल्ने यो दलित ज्ञान उत्सवमा २० भन्दा बढी सेसन ८० भन्दाबढी वक्ताहरू तथा साङ्गीतिक प्रस्तुतिहरू हुने सल्लाहकार शिवहरि ज्ञवालीले बताउनुभयो ।

कार्यक्रममा गायक तथा निर्देशक यशकुमार, कलाकार दिया मास्के, सङ्गीतकार तथा साङ्गीतिक समूह कुटुम्बका सदस्य किरण नेपाली, मानवशास्त्री डा। शुरेश ढकाल, नेपाली दलित आन्दोलनका अगुवा नेतृत्व पदम सुन्दास, रणेन्द्र बराली, उमादेवी वादी, छविलाल विश्वकर्मा, जीवन परियार, विनोद पहाडी लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ । ज्ञान उत्सवको हरेक साँझ साङ्गीतिक प्रस्तुति रहने छ । यो हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने ज्ञान उत्सवका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएका छन् ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६