प्रदेश

करेन्ट लागेर मृत्यु भएका परिवारलाई सरकारद्वारा आर्थिक सहयोग



हरि घिमिरे, १३ चैत्र । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि सरकारले आर्थिक सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक-एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई दुई लाख, नेपाल विद्युत् प्राधिकरण लमहीद्वारा जनही रु पाँच पाँच लाख सहयोग गर्ने सहमति भएको छ ।

पीडित र पीडक पक्षबीच भएको सहमतिअनुसार मृतक परिवारका सदस्य राप्ती गाउँपालिका-३ मसुरिया निवासी लालबहादुर केसीलाई योग्यताबमोजिम नेपाल विद्युत् प्राधिकरणमा रोजगारको व्यवस्थापन गर्ने सहमति भएको छ ।

पीडित पक्षका घाइतेको उपचारमा लागेको खर्च, दाहसंस्कार तथा किरिया खर्चका लागि ६० हजार तथा थप राहतका लागि पालिकाको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिसमक्ष पेस गर्ने सहमति भएको छ ।

त्यसैगरी, पीडित परिवारलाई नगद राहत उपलब्ध गराउने तथा पीडित परिवारकी मृतक दिलसरा केसीको छोरी ईश्वरी सुनारलाई कक्षा १० सम्म राप्ती गाउँपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । पीडित पक्षले आज पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । विद्युत्को लाइन चुँडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीनजनाको मृत्यु भएको थियो ।

हाइटेन्सन लाइनको विद्युत्‌को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका-३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको हो । दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो । घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६