प्रदेश

समाज परिवर्तनका लागि भुतपुर्व सैनिक तथा प्रहरीहरुको अहम भुमिकाः अध्यक्ष शर्मा



कपिलवस्तु, १३ चैत्र ।

नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष डम्मर शर्माले समाजिक राजनीतिक परिवर्तनका लागि सेवा निवृत्त सैनिक तथा प्रहरीहरुको अहम भुमिका रहने बताउनुभएको छ । नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कपिलवस्तुको जिल्ला स्तरिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सैनिक तथा प्रहरी मेहनत र परिश्रमी हुने भएकाले सामाजिक परिवर्तनमा भुमिका खेल्न सक्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष शर्माले पार्टीलाई मजबुत र बलियो बनाउनका लागि यो संगठन अपरिहार्य रहेकाले सेवा पछिको समय खेर नफाल्न आग्रह गर्नुभयो । अध्यक्ष शर्माले नेकपा (एमाले) गरिखाने वर्गको वर्गको पक्षपोषण गर्ने पार्टी रहेको सिद्धन्तलाई व्यवहारमा लागु गर्ने पार्टी रहेकाले सम्पुर्णलाई पुर्व सैनिक तथा प्रहरीहरुलाई संगठनमा आवद्ध भई गोलबद्ध हुन अनुरोध गर्नुभयो । उहाँले एमाले सरकारमा गएको समयमा गरेका ऐतिहासिक तथा रचनात्मक विकासका काम, आवश्यक नीति निर्माण लगायतले पनि जनताको लोकप्रिय पार्टी भएको बताउनुभयो ।

जिल्लामा भेलामा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कपिलवस्तुका अध्यक्ष खिम बहादुर विसीले संगठनको नीति सिद्धान्त, अहिले सम्म गरिएका क्रियाकलाप तथा आगामी योजनाहरुको बारेमा स्पष्ट पानुभएको थियो । त्यस्तै संगठनका सचिव कृष्ण बहादुर शाहि (विजय) ले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बाबुराम बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

भेलामा संगठनका केन्द्रिय सदस्य तथा पार्टीका जिल्ला कमिटी सदस्य टोप बहादुर थापा, सांगठनका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज राम बहादुर बस्नेत, नेकपा (एमाले) शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल लगायतले शुभकामना मन्तब्य राख्दै संगठनलाई सक्रिय रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नयाँ भुतपुर्व सैनिक तथा प्रहरीहरुलाई संगठनमा स्वागत गरिएको छ ।

कार्यक्रमका अध्यक्ष खिम बहादुर विसीले संगठनले आगामी दिनमा पार्टीसंग समन्वय गरि सचेतनामुलक प्रशिक्षण सञ्चालन गने, जटिल तथा दिर्घरोगीहरुलाई राहत पदान, संगठनका ज्येष्ठ सदस्यलाई सम्मान गर्ने, शारीरिक अपांगता भएका तथा अंगभंग भएका सदस्य तथा परिवारको पहिचान तथा क्षतिपुर्ती प्रदान, सदस्यता विस्तार जस्ता विभिन्न आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

पार्टी संगठनका सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कपिलवस्तुका उप सचिव बालिका बुढाथोकीको स्वागत तथा सचिव कृष्ण बहादुर शाहि (विजय) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६