प्रदेश

कुटपिटबाट सहकारी सङ्घ पाल्पाका अध्यक्ष घाइते



पाल्पा, १४ चैत्र । जिल्ला सहकारी सङ्घ पाल्पाका अध्यक्ष भूपति पाण्डेमाथि कुटपिट भएको छ । जिल्लाको रामपुरस्थित सूर्योदय बचत तथा ऋण सहकारी र तालपोखरा कृषि सहकारी संस्थाबिच भएको एकीकरण कार्यक्रममा सहभागी पाण्डेमाथि मङ्गलबार कुटपिट भएको हो ।

कुटपिटबाट घाइते हुनुभएका पाण्डेको अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । उहाँको करङ् भाँचिएको जिल्ला सहकारी सङ्घका सचिव कृष्ण भुसालले जानकारी दिनुभयो ।

सहकारी एकीकरण तथा समायोजनमा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएका सहकारी अभियन्ता पाण्डेमाथि स्थानीय रुद्रनारायण श्रेष्ठ र सोमबहादुर सेनको समूहले कुटपिट गरेको सङ्घले जनाएको छ ।

घटनामा संलग्नमाथि तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगदीश भट्टराईले सहकारी सङ्घका अध्यक्षमाथि साङ्घातिक हमला हुनु सहकारीमाथिको हमला रहेको बताउनुभयो । उहाँले दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने बताउनुभयो ।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६