देश

प्रधानमन्त्री र देउवाबीचको भेट



काठमाण्डौं, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। कांग्रेस नेतृत्वको गठबन्धन फागुन २१ गते टुटेपछि प्रधानमन्त्री प्रचण्डले देउवासँग पहिलोपटक एक्लै भेट गरेका हुन्।

संसदको गतिरोध गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले देउवालाई बालुवाटार बोलाएर छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

बिहान बालुवाटारमा भएको भेटमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउनेदेखि संसदमा भएका विभिन्न विधेयकहरूमाथि छलफल भएको जनाइएको छ।


भेटवार्तामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्ला‌ई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको आचार्यले जानकारी दिए । राष्ट्रिय मुद्दाहरूमा सत्तापक्ष र प्रतिपक्ष नभनी मिलेर अघि बढौं भन्ने प्रधानमन्त्री प्रचण्डको आग्रह थियो । खासगरी अदालतबाट समेत आदेश आइसकेको सन्दर्भमा टीआरसीलाई अघि बढाउने लगायत विषयमा कुराकानी भएको आचार्यले बताए ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६