प्रदेश

लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना



बुटवल, १५ चैत्र । लुम्बिनी विकास कोषको हाताभित्र बनाइएको बिहारहरुमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग राख्दै यहाँका व्यवसायीहरुले आन्दोलन शुरु गरेका छन् ।

लुम्बिनी होटल संघ नेपालले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक लगाउन लुम्बिनी विकास कोषविरुद्ध आन्दोलन शुरु गरेका हुन् ।

संघले ‘गरी खान देउ’ भन्ने नाराका साथ आन्दोलन थालेको अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । आन्दोलनका कार्यक्रम अन्तर्गत चैत १५ गतेदेखि शुरु भएको अनिश्चितकालीन धर्ना माग पूरा नभएसम्म लुम्बिनी विकास कोषको कार्यालय प्रांगणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने, तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने, लुम्बिनीमा उपलब्ध हुन सक्ने बिद्धत वर्गहरुलाई सम्मिलित गरी प्रा केन्जो टाँगेले तयार गरेको गुरुयोजनामाथि छलफल, विमर्श गरी निचोड सम्बन्धित मन्त्रालयहरुमा बुझाउने ज्ञवालीले बताए । ‘हाम्रा मागहरुमा ऐक्यवद्ध हुने अन्य संघ–संस्थाहरुलाई आन्दोलनमा सहभागी गराउँदै लैजानेछौं । त्यसपछि दोस्रो चरणको आन्दोलनको घोषणा गर्नेछौं । ७ दिनसम्म कुनै सुनुवाइ नभए आन्दोलनकारीको भावना र परिस्थितिको भावना र परिस्थिति अनुसार विभिन्न कार्यक्रम गर्नेछौं, ’उनले भने ।

लुम्बिनीका सम्पूर्ण पर्यटन व्यवसायी गर वा मरको स्थितिमा पुर्याउनेहरुले आफूहरुका मागहरुलाई सम्बोधन नगरे वा नगराइए आन्दोलन नरोकिने उनले बताए । ‘बुद्ध जन्मस्थल भएकोले हाम्रा आन्दोलन शान्तिपूर्ण हुनेछ । तर, आवश्यकता र परिस्थितिले माग गरे आन्दोलनमा प्रयोग हुने उपायहरुको प्रयोग गरिनेछ, ’अध्यक्ष ज्ञवालीले भने ।
आन्दोलनले ल्याउने विषम परिस्थितिको जिम्मेवार माग सम्बोधन नगर्ने लुम्बिनी विकास कोष र सम्बन्धित मन्त्रालय हुने उनले बताए ।

सयौं कोठाहरु पर्यटक राख्ने गरी बिहारहरु बनाइएको तथा बिहार र गुम्बा भनिने ठाउँहरु बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना नभइ व्यापारको थलो बनेको उनको भनाइ छ ।

समस्या समाधानको माग गर्दै गत फागुन २९ गते ७ दिनको समय दिएर ज्ञापनपत्र बुझाइएकोमा अघिल्ला वर्षहरु जस्तै बिहारहरुलाई एक एक थान पत्र बुझाउनुबाहेक कुनै ठोस कदम नचालिएको ज्ञवालीले बताए ।

संघका महासचिव पुरुषोत्तम अर्यालले नियमविपरीत बिहारमा होटल व्यवसाय सञ्चालन गरेको कार्यविरुद्ध १२ वर्षदेखि आफूहरु लड्दै आएको र हालसम्म मागको सुनुवाइ नभएको बताए । उनले अबको लडाई अन्तिम लडाई भएको बताए । बिहार गेष्ट हाउसको रुपमा सञ्चालन गरिदा होटल व्यवसायलाई विस्थापित गर्न खोजिएको बताए ।
लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा अहिलेसम्म निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको छ ।

विगतमा राम्रो व्यवसाय सञ्चालनमा रहेको होटलहरुमध्ये गत वर्ष लुम्बिनी वरपर खोलिएको १० भन्दा बढी होटलहरु स्थायी रुपमा बन्द भएको संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । ‘यो वर्ष थप केही होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् । लुम्बिनीको पर्यटकीय वातावरणमा यस्तो संकट यसअघि कहिल्यै देखिएको थिएन, ’उनले भने ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६