देश

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो



काठमाण्डौ, १५ चैत्र । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ । मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको । २० वटा सहकारी संस्थामध्ये १५ वटाले ४३ हजार ९ जना बचतकर्ताको १७ अर्ब २८ करोड ७४ लाख ८९ हजार रुपैयाँ ठगेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा उजुरी परेको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको र पीडितले उजुरी दिन क्रम बढिरहेकाले ठगीको रकम बढ्न सक्ने देखिएको छ । नेपाल प्रहरीको सीआईबीका अनुसार सहकारी सञ्चालकले बचतकर्ताको रकमले सुपरमार्ट खोल्ने, घर जग्गा किन्ने, सञ्चारमाध्यम चलाउने, चिठ्ठा खेलाउने, घर बनाएर भाडामा लगाउने लगायतका गतिविधि गरेको पाइएको छ ।

यस्तै, सहकारीका सदस्य नै नभएका व्यक्तिलाई भरपर्दो धितोबिनै ऋण लगानी गर्दा पनि समस्या भएको देखिएको छ । सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेपछि त्यसको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाउने गरेको छ ।

गृहमन्त्री रवि लामिछानेले सहकारीको नाममा रहेको र त्यसका सञ्चलका नाममा रहेको सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तर लामिछानेले नै सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उजुरी परेको छ । गृहमन्त्री लामिछानेले आरोपको खण्डन गर्दै आउनुभएको छ ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६