प्रदेश

ज्येष्ठ नागरिक सरोकार केन्द्रले गरेको काम प्रभावकारी छः मन्त्री शर्मा



घोराही, १५ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिँदै गएका बताउनुभएको छ ।

घोराही उपमहानगरपालिका–१६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा आज भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ज्येष्ठ नागरिकका लागि केन्द्रले गर्दै आएको काम निकै प्रभावकारी रहेको बताउनुभयो । उहाँले यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उहाँहरुलाई जीवनयापनमा निकै सहज भएको धारणा राख्नुभयो ।

कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक एक्लिरहेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेको र आश्रममा लगेर छाडेका घटना आउने गरेका उल्लेख गर्दै उहाँले त्यस्ता घटनालाई रोकेर सकेसम्म परिवारमै माया ममता दिएर राख्न आवश्यक रहेको बताउनुभयो ।

पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारीबोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले ज्येष्ठ नागरिक सरोकार केन्द्रमा रहेको पार्कलाई व्यवस्थित गर्नेलगायत अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक पहलका लागि आफ्नातर्फबाट कोसिस रहने बताउनुभयो । रासस

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६