देश

सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह



कठमाण्डौ, १६ चैत्र ।

नेपाल विद्युत् प्राधिकरणले सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरूसँग आग्रह गरेको छ । देशभरका विभिन्न पालिकाले सडकबत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले तत्काल रकम तिर्न भनेको हो ।

प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले आज सूचना निकालेर बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती आफै‌ले हटाउने भन्दै सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखेर नियमपूर्वक मिटरमार्फत् सडकबत्ती जडान गर्न आग्रह गरेको छ ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६