प्रदेश

पाल्पामा नुहाउन गएकी युवती हत्या आरोपमा एक जना पक्राउ



बुटवल, १६ चैत्र । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी पद्‍मा सुनारको हत्या अभियोगमा प्रहरीले स्थानीय सागर भनिने देवलाल सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

१३ चैतमा देवलालले धारिलो हतियारको प्रयोग गरी पद्माको हत्या गरेको प्रहरीको भनाइ छ । देवलालले पद्मासंग भनाभन हुँदा आवेशमा आएर हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए ।प्रहरीले लप्सीफेंदीस्थित देवलालको घर र गोठबाट हत्यामा प्रयोग भएको हसिया, मोवाइललगायतका सामान बरामद गरेको छ ।

हत्या भएकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो । पद्माका बुवा दलबहादुर सुनारले उनीविरुद्ध दिएको किटानी जाहेरी शुक्रबार प्रहरीले दर्ता गरेको छ । पद्माको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६