देश

श्रम स्वीकृतिको काम एकै दिनमा हुने



बुटवल, १६ चैत्र । वैदेशिक रोजगार कार्यालयले तीन सिफ्टमा सेवा दिन थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेपछि कार्यालयले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ वटा सिफ्टबाट ३ वटामा विस्तार गरेको हो । अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने सरकारको दाबी छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेकाअनुसार २ सिफ्टमा कार्यालय चलाउँदा दैनिक आउने सेवाग्राहीको चाप धान्न नसकेपछि ३ सिफ्टमा सेवन थालिएको हो । विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राती ९ बजेदेखि विहान ४ बजेसम्मको ३ सिफ्ट कायम गरेर सेवा थालिएको हो ।

श्रम स्वीकृतिको प्रक्रियालाई छिटो बनाउन अरु पनि विभिन्न सुधारका काम गरिएको उनले बताए ।
कार्यालयले अहिले अनलाइन फाराम भरेर टोकन दिने प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको छ । यसअघि १० बजेदेखि प्रणाली खुला गर्दा चाप धेरै भएर पटक–पटक समस्या आइरहेको थियो । विभागले कर्मचारीले प्रयोग गर्ने कम्प्युटरहरु पनि अपडेट गरेर चुस्त बनाएको छ । कम्प्युटरहरुमा र्‍याम र एसएसडीको क्षमता थप गरेर छिटो चल्ने गरी अपडेट गरिएको घिमिरेले बताए ।

कार्यालयले अब कार्यचापअनुसार शनिबार र सार्वजनिक विदाका दिनमा समेत सेवा दिन सुरु गरेको छ । गत ८ चैतमा श्रममन्त्री अर्यालले साँझ वैदेशिक रोजगार कार्यालय ताहाचल पुगेर सेवाबारे जानकारी लिएर छलफल गरेका थिए ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६