प्रदेश

कपिलवस्तुको जिल्ला नेतृत्व सर्वसम्मत चयन गछौंः एमाले नेता भट्टराई




कपिलवस्तु , १६ चैत्र ।
नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले आगामी जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व सर्वसम्मत चयन गर्ने दावी गर्नु भयो । नेता भट्टराईले पार्टी नेता, कार्यकर्ताको भावना अनुसार खुलस्त छलफल गर्दै पार्टी नेतृत्व चयन गर्ने जिकिर गर्नु भयो । नेता भट्टराईले युवा नेतृत्व निर्माण प्रति लक्षित गर्दै राजनैतिक वैचारिक परिपक्कता हुनुपर्नेमा जोड दिनु भयो । कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसक्ने तर नेताको वरिपरि घुम्ने र आफ्नो पद जोगाउने परिपाटीको अन्त्य गर्दै जनताको बीचमा काम गर्ने कार्यकर्ता स्थापित गर्ने काममा पार्टीले ध्यान पु¥याउने जिकिर गर्नु भयो । नेता भट्टराईले एमाले जिल्ला सचिवालयको वैठकलाई गजेहडामा शुक्रबार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।


जिल्ला सचिवालय वैठकले यही वैशाख २९ र ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । वैठकले पालिका तथा जनसंगठनको अधिवेशन जेष्ठ मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । वैठकले पार्टीको जिल्ला अधिवेशनमा महिलालाई ३३ प्रतिशत, युवाको १५ प्रतिशत प्रतिनिधीत्व अनिवार्य गरेको छ । त्यस्तै वैठकले समावेशीतालाई पनि जोड दिएको जनाएको छ । अधिवेशनलाई ब्यवस्थित रुपमा सम्पन्न गर्नका निम्ति एक दर्जन बढी उपसमिति निर्माण गरेको जनाएको छ । अधिवेशनमा करिव ६ सय प्रतिनिधीहरु सहभागि रहने नेकपा एमाले कपिलवस्तुले जनाएको छ । वैठकले नेकपा एमालेका केन्द्रिय सदस्य बलराम अधिकारी नेपाल सरकारको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा नियुक्त हुुनुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभेच्क्षा ब्यक्त गरेको छ ।

जिल्ला सचिवालय वैठकमा जिल्ला अध्यक्ष डम्मर शर्माले कार्य सूची प्रस्तुत गर्नु भएको थियो । कार्य सूची प्रस्तुत गदै एमाले जिल्ला अध्यक्ष डम्मर शर्मालेले आगामी जिल्ला अधिवेशन स्वच्क्ष, मर्यादित रुपमा सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पार्टी संगठन थप सुदृढीकरणमा जोड दिनु भयो ।


सचिवालय वैठकमा एमाले केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने,एमाले केन्द्रिय सल्लाहकार विष्णुराज आचार्य, काशिराम बेल्बासे, मुना ज्ञवाली, एमाले नेता झविलाल पोख्रेल, बाबुराम खनाल, द्रोणराज सुवेदीको आतिथ्यता रहेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले बताउनु भयो ।


वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद चौधरीको स्वागत मन्तब्य जिल्ला सचिव सिवि गहतराजले संचालनमा सम्पन्न भएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६