प्रदेश

तिलौराकोट गोल्डकपको उद्घाटनमा मन्त्री अधिकारी आउने, समापन पुर्वमन्त्री आचार्यले गर्ने



कपिलवस्तु, १६ चैत्र । भोलिबाट सुरु हुन लागेको प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकपको उद्घाटन भूमि ब्वस्था तथा सुधार मन्त्री बलराम अधिकारीले गर्ने भएका छन् । बुद्ध रंगशालामा दिउसो २ बजे मन्त्री अधिकारीले गोल्डकपको उद्घाटन गर्ने आयोजक कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापाले बताए ।

यस्तै गोल्ड कपको समापन भने पूर्व बालबालिका तथा समाज कल्याण मन्त्री सुरेन्द्रराज आचार्यले गर्ने तय भएको थापाले बताए । खेलको समापन चैत्र २४ गते हुने छ । उद्घाटन खेलमा आयोजकको तर्फबाट कपिलवस्तु ११ र थ्रीस्टार क्लवले प्रपतस्पर्धा गर्ने संघले जनाएको छ ।

जिल्लामा पहिलोपटक आयोजना गरिएको यो नै फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता हो । प्रतियोगितामा ए डिभिजनका थ्रीस्टार, मछिन्द्र्र, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले सहभागिता जनाएका छन् भने मोफसल बाहिरका कपिलवस्तु ११ सहितका टिमले भाग लिँदैछन् । विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६