प्रदेश

अर्घाखाँचीको शितगङ्गामा टिपर दुर्घटना, चालक र सहचालक घाइते



कपिलवस्तु, १६ चैत्र। अर्घाखाँचीको शितगङ्गामा टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । कपिलवस्तुदेखि अर्घाखाँचीतर्फ जाँदै गरेको ना१ख ८४७३ नम्बरको टिप्पर गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका– ३ स्थित पाडेगैरा बासको ओरालोमा टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा चालक अमृत चुदाली र सहचालक पुरन मगर घाइते भएका प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरू सन्धिखर्क नगरपालिका– ७ निवासी रहेको खुलेको छ ।

दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात् बुटवल रिफर गरिएको छ । टिप्पर सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६